वि.सं.२०८३ वैशाख २० आइतवार

सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

khanepani

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् ।

जिल्ला अदालत सर्लाहीले बम्जनलाई सफाइ दिएको हो । गत ८ वैशाखमा सर्लाही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनलाई सफाइ दिएको हो ।

बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ ठूलो मात्रामा रकम बरामद भएको थियो । त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो ।

यसका साथै बम्जनमाथि बाल यौन दूराचार तथा मान्छे बेपत्ता पारेको कसुरमा पनि मुद्दा चलाइएको थियो । उच्च अदालत जनकपुरले बाल यौन दूराचारको आरोपमा भने बम्जनलाई ६ चैत २०८१ मा सफाइ दिएको थियो । उच्च अदालत जनकपुरले सफाइ दिएको थियो । त्यसपछि उनी कारागारबाट छुटेका थिए ।

यस अघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।

सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि बेपत्ता पारेको आरोप बम्जनमाथि छ । तर उक्त मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन ।

अदालतमा मुद्दा हुँदा पनि बम्जन लामो समयसम्म फरार हुँदै आएका थिए । २४ पुस २०८० मा सीआईबीले बूढानीलकण्ठबाट बम्जनलाई पक्राउ गरेको थियो ।

ranechhap