वि.सं.२०८३ वैशाख २१ सोमवार

झलनाथ र माधवसहित ११ सांसदमाथि एमालेले थाल्यो कारवाही, उनीहरुलाई निर्मम किसिमको कारवाहि हुने (सूचीसहित)

khanepani

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन ।

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् ।

माधव नेपाल पक्षका २६ जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ ।

लिखित स्पष्टीकरण सोधिएका एमाले सांसद

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीमवहादुर रावल

४. मुकुन्द न्यौपाने

५. रामकुमारी झाँक्री

६. सरला यादव

७. पुष्पाकुमारी कर्ण

८. कलिला खान

९. निरादेवी जैरु

१०. लक्ष्मी कुमारी चौधरी

११. कल्याणी खड्का

ranechhap