वि.सं.२०८३ वैशाख १६ बुधवार

रास्वपाको जिकिर- प्रक्रियामा जाँदा काम गर्न ढिला हुने भएकाले अध्यादेश ल्याइएको हो

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले छिटो काम गर्नको लागि अध्यादेशको बाटो रोजेको जनाएको छ।

आज बसेको संसदीय दलको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रक्रियामा जाँदा लामो समय लाग्ने भएकाले छरितो बाटो रोजेको बताए।

उनले भने, ‘यो अध्यादेश आम नागरिकको म्यान्डेट अनुसार छिटो काम गर्नको लागि हो। हाम्रो कानुनको झमेलाको दृष्टिकोणबाट हेर्दा ३/४ महिना जति न्यूनतम पनि लाग्ने खालका छन्। प्रक्रियागत एउटा लामो अभ्यास गर्नुपर्ने कुराहरू छ। त्यसैले ल्याइएको हो।’

अधिवेशन आह्वान गरेको सदन स्थगन गरेर अध्यादेश ल्याइएको भएपनि सरकारको सफा नियत रहेको बताए।

प्रवक्ता मनिष झाले पनि विगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताको अपेक्षा पूरा गर्न नसक्ने भएकाले अध्यादेशको बाटो रोजेको बताए।

उनले भने, ‘पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो। कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ।’

विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण रहेको बताए।

उनले थपे, ‘कैयौँ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन्, महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ हुँदै छ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।’

ranechhap