वि.सं.२०८३ असार १६ मंगलवार

भीम रावलले भने, ‘मसँग परामर्श नगरी सुदूरपश्चिम प्रदेश इन्चार्ज राखियो युवालाई दिनू’

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले आफूसँग परामर्श बिना सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको भन्दै असन्तुष्टि जनाएका छन्।

उनले सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिममा बुढा पुस्तालाई जिम्मेवारी दिनु उपयुक्त नभएको बताएका छन्।

उनले भनेका छन्, ‘नेपाली कम्युनिस्ट पार्टीको कार्यविभाजन अन्तर्गत मलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको कुरा मसँग परामर्श बिना सार्वजनिक भएकोले सार्वजनिक रूपमै यति भन्नुपर्ने भयो, सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन।’

उनले सुदूरपश्चिम प्रदेशमा पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुने बताएका छन्।

कार्यसंयोजक समितिको बैठकले कोशी प्रदेशको इन्चार्जमा राजेन्द्र राई, मधेशमा महिन्द्र राय यादव, बागमतीमा डा. गङ्गालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा डा. भीम रावललाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

नेकपाले इन्चार्जसँगै संयोजक, प्रतिष्ठान र विभाग प्रमुख पनि टुंग्याउँदैछ। नेकपामा कार्य विभाजनलाई लिएर चर्को असन्तुष्टि छ। संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले आज टुंग्याउनेगरी थप गृहकार्य गरिरहेका छन्।

ranechhap