वि.सं.२०८३ वैशाख १४ सोमवार

सभापति गगन थापाले भने, ‘हामी लाचार भएर दलको नेता चयन गर्न ढिला भएको होइन’

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू लाचार भएको कारणले संसदीय दलको नेता चयन गर्नको लागि ढिला नभएको जिकिर गरेका छन्।

संसदीय दलको नेतामा भीष्मराज आङ्दाम्बेलाई सर्वसम्मत बनाएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘पार्टीका सबै साथीहरूलाई आग्रह गर्छु यो ढिलाइ अल्छी गरेर गरेको भएको पनि होइन। लाचार भएर गरेको ढिलाइ पनि होइन। यो निर्णयमा पुर्‍याउनुपर्ने थियो। यो निर्णयमा पुर्‍याउनका निम्ति सबै साथीभाइसँग संवाद गर्नुपर्ने भएकाले केही समय समय लागेको हो ।’

उनले आङ्दाम्बेले संसदीय दलको यो अत्यन्त राम्रोसँग जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे ।

ranechhap