वि.सं.२०८३ वैशाख १४ सोमवार

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न रुस पुगे इरानी विदेशमन्त्री अब्बास अराघची

khanepani

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघची रूस पुगेका छन् । उनको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अराघचीले वर्तमान युद्ध र क्षेत्रीय अवस्थाबारे छलफलका लागि यो महत्वपूर्ण अवसर हुने बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध र क्षेत्रीय सुरक्षाका विषयमा पनि कुराकानी हुने जनाएका छन् ।

रूस पुग्नु अघि अराघची पाकिस्तान गएका थिए। उनका अनुसार पाकिस्तानका अधिकारीहरूसँग इरान र अमेरिकाबीच कुन परिस्थितिमा वार्ता अगाडि बढ्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

पाकिस्तानपछि उनी ओमान पुगेका थिए । त्यहाँ दुवै देशबीच होर्मुज जलडमरूमध्यको सुरक्षा, समुद्री मार्ग र साझा हितका विषयमा छलफल भएको बताइएको छ ।

त्यसपछि अराघची पुनः पाकिस्तान फर्किएका थिए । उनले त्यहाँ प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनीरसँग भेटवार्ता गरेका थिए।

ranechhap