वि.सं.२०८३ वैशाख १४ सोमवार

सरकारले वास्तविक सुकुम्वासीको पहिचान नगरी हतारमा डोजर चलायो : महामन्त्री पौडेल

khanepani

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्तीमा सरकारले हतारमा डोजर चलाएकोप्रति असन्तुष्टि जनाएका छन्।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वास्तविक सुकुम्वासी नछुटाई सरकार अघि बढेको बताए।

उनले भने, ‘हाम्रो प्रस्ट कुरा हटाउनु हुँदैन भन्ने होइन। सबै वास्तविक सुकुम्वासी थिए भन्ने पनि हाम्रो कुरा होइन, तर वास्तविक सुकुम्वासीलाई नछुटाईकन सबैलाई नक्कली हुन् भनेर जुन खालको व्यवहार गरियो, त्यहाँ जाँचबुझ गर्नुपर्ने थियो, त्यो अध्ययन नगरीकन, जाँचबुझ नगरीकन म राज्य हुँ, मैले जे गरे पनि हुन्छ भनेजस्तो गरियो।’

उनले सरकारले हतारमा सुकुम्वासी बस्तीमा बल प्रयोग गरेको समेत बताए।

ranechhap