वि.सं.२०८३ वैशाख १४ सोमवार

नेपाली कांग्रेसले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने

khanepani

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने तयारी गरेको छ।

चरणबद्ध छलफलपछि आङ्देम्बेको नाममा सहमति जुटेको हो।

कांग्रेसले सहमतिमा दलको नेता चयन गर्नको लागि उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समिति नै गठन गरेको थियो।

समितिले आङ्दाम्बेको नाममा सहमति जुटाएको एक पदाधिकारीले बताए।

ती नेताले भने, ‘समितिले सहमति जुटाएर उहाँको नाम सभापति गगन थापालाई दिइसकेको छ। आजै सांसदहरूको बैठकमा राखेर नाम अनुमोदन गराउने तयारी छ।’

दलको नेतामा आङदेम्बेसहित अजुननसिंह केसी र मोहन आचार्यले पनि दाबी गरेका थिए।

ranechhap