रूपन्देही । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक सय तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार, शनिवार बेलुका ७ देखि ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेसन संचालन गरिएको थियो ।
जस अन्र्तगत विभिन्न स्थानमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएका एक सय तीन जनाले शान्ति सुरक्षामा खलल पुर्याएको प्रहरीको दावी छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरुको अपराधिक गतिविधि सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।







































