काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार आइतबार सुनको मुल्य तोलाको २७ सयले बढेर तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर ४९९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।








































