काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।
उनीविरुद्ध दर्ता भएको जाहेरीमाथि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
सरकारले बागमती किनारामा बसोबास गर्ने सुकुमबासीलाई शुक्रबार बेलुकीसम्म ठाउँ खाली गर्न अनुरोध गरेपछि सुकुमबासी अगुवा आन्दोलनको तयारीमा छन् । यद्यपि परिश्रमीको पक्राउ उक्त विषयसँग सम्बन्धित नभएको एसपी भट्टराईको प्रष्टोक्ति छ ।








































