वि.सं.२०८३ वैशाख १० बिहीवार

प्रधानमन्त्रीको निर्देशन सरकारी निकायबाटै उलंघन

khanepani

काठमाडौं । गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृृत्वमा गठन भएको सरकारका गल्ती र कमजोरीहरू एकपछि अर्को गर्दै छताछुल्ल हुन थालेका छन् । सरकार गठन भएको २७ दिन पुगिसक्दा पनि अधिकारी सरकारी वेभसाइटमा नयाँ सूचनाहरु अपडेट नभएको देख्दा यो सरकारले आफ्नो कच्चा पन प्रष्ट्याएको छ ।

यस अघि वैशाख ३ गते पनि नेपाली जनताले प्रधानमन्त्री बालेन शाहको सचिवालय टिम आधिकारिक सरकारी वेवसाइटमा नभेटिको विषयमा समाचार प्रकाशन गरिसकेको छ । प्रधानमन्त्रीको सचिवालय टिम प्रधानमन्त्री तथा मन्त्रिपपरिषदको कार्यालयको आधिकारिक वेभसाइटमा लुकाइएको विषयमा समाचार लेखिसक्दा पनि हालसम्म त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

त्यस्तै, सङ्घीय संसद् सचिवालयको टेलिफोन डाइरेक्ट्री २०८२ अझै पनि प्रधानमन्त्री सुशीला कार्कीे नेतृत्व सरकारको टिम भेटिन्छ । यसले अन्तर्राष्ट्रि स्तरमै लज्जाबोध गराएको छ । यस किसिमका कार्यहरुले सरकार कति गैर जिम्मेवार छ भन्ने कुरा छर्लङ्ग पारेको छ । सरकार गठन भएको महिना दिन पुग्न लाग्दा पनि आधिकारिक वेवसाइटहरुमा यस किसिमले नयाँ विषयवस्तु अद्यावधिक नहुनु भनेको संसद सचिवालयको ठूलो कमजोरी र लज्जास्पद विषय हो । के यो बालेन नेतृत्व सरकारको कच्चापन हो ? कि यसभित्र केही रहस्य लुकेको छ ? कतै प्रधानमन्त्री बालेन शाहको सचिवालय टिममा नियुक्त गरिएका सूचना तथा प्रविधि संयोजक विवेक मिश्र चिर निद्रामा त छैनन् ? जनताले यसलाई कसरी बुझ्ने ?

काठमाडौंको मेयरबाट एकाएक राजीनामा दिँदै घण्टी बजाउन रास्वपाममा सामेल भएका पूर्व मेयर बालेन शाह यतिबेला देशको प्रधानमन्त्री बनेका छन् । सम्भवत उनी दक्षिण एशियाकै कान्छा र प्रभावशाली प्रधानमन्त्री हुन् । तर, उनको सचिवालय टिममा भने मेयर हुँदा बखतका उनकै निकट कच्चा व्यक्तिहरुमात्र नियुक्त गरिएकोले पटक पटक यस्ता त्रुटिहरु दोहोरिरहेको भन्ने आरोप उनीमाथि लाग्दै आएको छ ।

करिव दुई तिहाइको नजिक मत ल्याएर सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्री नियुक्त गर्न बर्खास्त गर्नतिरै रुमलिने कि यस्ता प्राविधिक त्रुटि र कमीकजोरीका विषयवस्तुतिर पनि ध्यान दिने यो आम नागरिकको प्रश्न हो ।

ranechhap