वि.सं.२०८३ वैशाख ९ बुधवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ८ सयले घटेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको ५१६० मा कारोबार भएको थियो ।

ranechhap