वि.सं.२०८३ वैशाख ९ बुधवार

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने

khanepani

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थपना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्दै छन् ।

ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशालगायतका विषय समेटिने एक नेताले बताए ।

चैत १४ गते गिरफ्तारमा परेका ओली १३ दिनपछि रिहा भएका थिए । पित्तथैलीको पत्थरीको शल्यक्रियापश्चात वैशाख ५ गते डिस्चार्ज भएका छन् । स्वास्थ्य लाभ गरिरहेका उनले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् ।

कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकलाई एमालेले आग्रह गरेको छ ।

ranechhap