वि.सं.२०८३ वैशाख ८ मंगलवार

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको राजीनामा

khanepani

काठमाडौँ । एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले करिब १५ वर्ष नेतृत्व गरेको जिम्मेवारी अब कम्पनीका हार्डवेयर प्रमुख जोन टर्नसलाई सुम्पिने भएका छन् । कुकले आगामी सेप्टेम्बर १ देखि प्रमुख कार्यकारीको जिम्मेवारी टर्नसलाई हस्तान्तरण गर्ने जनाइएको छ । यद्यपि, उनी कम्पनीमै कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन् ।

सन् २०११ मा स्टिभ जब्सपछि नेतृत्व सम्हालेका कुकको कार्यकालमा एप्पलको बजार मूल्य उल्लेख्य रूपमा बढेको थियो । आइफोनको सफलतासँगै कम्पनीले ठूलो आर्थिक प्रगति गरेको मानिन्छ ।

कुकलाई नयाँ भूमिकामा लैजानका लागि हालका गैरकार्यकारी अध्यक्ष आर्थर लेभिन्सनले आफ्नो पद छाड्नेछन् । उनी भने कम्पनीको निर्देशक समितिमा यथावत रहनेछन् ।

कुकले आफ्नो कार्यकाललाई जीवनकै सबैभन्दा ठूलो अवसर भएको उल्लेख गर्दै एप्पलप्रति गहिरो माया र टोलीसँग काम गर्ने अवसरप्रति आभार व्यक्त गरेका छन् ।

ranechhap