वि.सं.२०८३ वैशाख ५ शनिवार

इन्धनको मूल्यवृद्धि फिर्ता गर्न दुर्गा प्रसाईंको एक साताको अल्टिमेटम, आन्दोलन गर्ने चेतावनी

khanepani

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले इन्धनको मूल्य फिर्ता लिन माग गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक हप्ताको अल्टिमेटम दिदै सो समय भित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

उनले महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन हुने बताउदै सरकारको गलत कदमको विरोध गर्न विद्यार्थी संगठन आवश्यक रहेको बताएका छन् ।
प्रसाईल विगतमा दुई रुपैयाँ मूल्यवृद्धि हुँदासमेत आन्दोलन भएको उल्लेख गर्दै अहिले सय रुपैयाँ बढ्दासमेत कुनै विद्यार्थी संगठन नबोलेको बताए ।

उनले सरकारले तत्काल इन्धनको मुल्यबृद्धि फिर्ता लिनुपर्ने बताउदै चुपचाप घन्टीमा छाप हाल्ने जनताका दुखका दिन शुरु भएको जिकिर गरे ।

प्रसाईले दुई तिहाइ नजिक रहेको सरकारले संबिधान संशोधन गर्न लागेको प्रति खुशी व्यक्त गर्दै आफुहरुका माग हिन्दु अधिराज्य र राजसंस्थाको बारेमा पनि निर्णय लिन सरकारलाई आग्रह गरे । उनले बहुमत रहेकाले सरकारले राजसंस्था फिर्ता ल्याए आफुले सहयोग गर्ने समेत स्पष्ट गरे ।

ranechhap