काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको हो ।
यसअघि जेठ ४ गते जानकारी गराएअनुसारको शनिबार र आइतबार बैठक बस्ने तय गरिएको थियो । कोभिड- १९ को बढ्दो महामारीकाे अवस्थाको कारणले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जसपाका अध्यक्ष महन्थ ठाकुरले बताए ।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई बोलाइएको थियो ।