काठमाडौं । रास्वपा सभापति रवि लामिछानले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले आफूहरूमाथि पनि छानबिन गर्ने बताएका छन् । आयोगले अगाडिबाट सुरु गरेर छानविन गर्दै आउने उनको भनाइ छ ।
आज पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूले सम्पत्ति विवरणसँगै स्रोत पनि खुलाएको दाबी गरे ।
उनले भने, ‘सम्पत्ति बुझाउँदा नै स्रोत लेख्ने कोलम हुन्छ । नभए पनि हामीले छानबिन आयोग बनाएका छौँ । आयोगले अगाडिबाट सुरु गरेर छानबिन गर्दै जान्छ । हामी सबै छानबिनमा परिसक्यौँ । छानबिनको टीओआरमा परिसक्यौँ । मेरो त बैंक स्टेटमेन्ट नै सार्वजनिक छँदै छ । हामी छानबिनबाट बाहिर छैनौँ । अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो ।’








































