वि.सं.२०८२ वैशाख ९ मंगलवार

जसपा ठाकुर पक्षका सांसदहरुको सुरु भयो बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।

जसपा नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए ।

उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।

राजेन्द्र महतो संसदीय दलको नेता बनेपछि जसपाका सांसदहरुको बैठक बोलाइएको यो पहिलो पटक हो ।