काठमाडौं। संघीय संसद् अन्तर्गतका दुई समितिहरु संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा ६ सांसदहरु मनोनीत गरिएको छ।
संसद्को संयुक्त बैठक र संयुत्तः समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २५ को उपनियम (२) र नियम २८ को उपनियम (२) बमोजिम २७ गतेको संसद् बैठकबाट ती सांसदहरुलाई मनोनीत गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
मनोनीत हुने सांसदहरुमा संसदीय सुनुवाइ समितिमा आनन्द प्रसाद ढुंगाना, नर बहादुर विष्ट र प्रेम प्रसाद दंगाल रहेका छन्।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा किरण बाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र अन्जान शाक्य मनोनीत भएका छन्।







































