वि.सं.२०८३ साउन १७ आइतवार

अष्ट्रेलियाद्वारा नेपाललाई महामारीविरुद्ध ६३ करोड ४८ लाख रुपैयाँ सहायताको प्रदान गर्ने घोषणा

khanepani

काठमाडौं । अष्ट्रेलियाले (कोभिड १९) महामारीविरुद्ध नेपाललाई ६३ करोड ४८ लाख रुपैयाँ ९७ मिलियन अष्ट्रेलियन डलर० सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाली दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै (कोभिड १९) विरुद्ध नेपाललाई अतिरिक्त सहयोगको घोषणा गरेको हो ।

नेपालसहित दक्षिण एसियाका बंगलादेश र श्रीलंकालाई उसले दिने भनेको १७.५ मिलियन डलरकै एउटा हिस्सा नेपाललाई घोषणा गरिएको उक्त सहयोग रहेको विज्ञप्तीमा उल्लेख छ ।

उक्त सहयोग अन्तर्गत प्रदेश सरकारलाई अक्सिजन लगायतका जरुरी उपकरण र स्वास्थ्यकर्मीको लागि पीपीई लगायतका सामाग्री समावेश गरिएको छ ।

अष्ट्रेलियाले नेपालको महामारीविरुद्ध युरोप, अमेरिका, जापान र राष्ट्रसंघीय निकायसँग मिलेर काम गर्ने समेत जनाएको छ ।

ranechhap