वि.सं.२०८३ वैशाख २ बुधवार

वीर अस्पताल र शहीद गंगालालमा स्वास्थ्यमन्त्रीको आकस्मिक अनुगमन

khanepani

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन् ।

अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री मेहता कुनै पूर्व जानकारी विना नै अस्पताल पुगएकी थिइन् । अनुगमनका क्रममा उनले अस्पतालको सरसफाई, बिरामीको चाप र लामा लाइन औषधि अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गरेकी थिइन् ।

अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौँ कुर्नुपर्ने समस्याका बारेमा मन्त्री मेहताको ध्यानाकर्षण गराएका थिए । अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई तुरुन्त निर्देशन दिँदै मन्त्री मेहताले अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिएकी थिइन् ।

ranechhap