वि.सं.२०८३ वैशाख १९ शनिवार

प्रदीप ज्ञवालीले भने,- ‘जसपाले साथ दिए हामी सरकारमा दाबी गर्छौं’, उपेन्द्रबाट महन्थको नाम आयो प्रधानमन्त्रीमा

khanepani

काठमाडौं । परराष्ट्र मन्त्री एवम् नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जनता समाजवादी पार्टी(जसपा)ले साथ दिए आफूहरूले नयाँ सरकारमा दाबी गर्ने बताएका छन्।

शुक्रबार बिहान कुराकानी गर्दै एमाले प्रवक्ता ज्ञवालीले बहुमत नपुग्ने अवस्थामा एमालेले सरकारको दाबी नगर्ने बताए।

‘विपक्षी दलहरूले पनि आफ्नो दाबी पेस गर्नुहुन्छ होला। उहाँहरू कसरी आउनुहुन्छ त्यसमा भर पर्छ। जसपाले कसलाई साथ दिन्छ भन्ने निर्णायक हो’, उनले भने, महन्थजीलाई प्रस्ताव गरेको कुरा पनि आइरहेको छ। बाहिरमात्रै आएको हो कि साँच्चीकै हो भन्ने अझै प्रष्ट भएको छैन। हामीले पनि उहाहरूसँग कुराकानी गरिरहेका छौं। तर कुनै निष्कर्ष निस्किएको छैन।

संविधानको धारा ७८ को उपधाराका ५ अन्तर्गत राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुक्रबार साँझसम्मको समयमा नयाँ सरकार बन्न नसकेमा केपी शर्मा ओली सरकार नै निरन्तर हुने ज्ञवालीको भनाइ छ। उपेन्द्र यादव, बाबुराम भट्टराई र प्रचण्ड अब महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनु पर्ने तुरुप अगाडि सारेका छन भने नेपाली कांग्रेसले पदाधिकारीहरुको बैठक बोलाएको छ ।

ranechhap