वि.सं.२०८३ वैशाख २ बुधवार

मोज्तबा खामेनीले भने, ‘अमेरिका-इजरायलसँगको युद्धमा इरानले विश्वलाई चकित बनायो’

khanepani

एजेन्सी । इरानका सर्वोच्च नेता मोज्तबा अली खामेनीले अमेरिका–इजरायलसँगको युद्धका क्रममा तेहरानले “विश्वलाई नै चकित बनाएको” दाबी गरेका छन् ।

राज्य सञ्चालित टेलिभिजनमार्फत सार्वजनिक गरिएको वक्तव्यमा मोजतबा खामेनीले इरानको युद्धकालीन भूमिकाको प्रशंसा गरेका हुन् ।

वक्तव्यमा इरानले अपेक्षाभन्दा बलियो प्रतिरोध प्रस्तुत गरेको” उल्लेख गर्दै देशले आफ्नो रक्षा क्षमतामार्फत अन्तर्राष्ट्रिय समुदायलाई अचम्मित पारेको दाबी गरिएको छ ।

यससँगै इरानले युद्धका कारण भएको क्षतिपूर्तिको माग गर्ने स्पष्ट संकेत दिएको छ।

“यो आक्रमणबाट भएको क्षतिको भरपाइका लागि इरानले क्षतिपूर्ति माग गर्नेछ,” वक्तव्यमा भनिएको छ।

अमेरिका र इजरायलबीचको सैन्य तनावका बीच इरानले आफ्नो भूमिका ‘रक्षात्मक तर निर्णायक’ रहेको दाबी गर्दै आएको छ।

ranechhap