वि.सं.२०८३ वैशाख ८ मंगलवार

ओली र लेखक छुटेपछि शंकर पोखरेलले भने, ‘औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानीको सहारा लिइयो’

khanepani

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको कुनै औचित्य पुष्टि हुन नसकेको बताएका छन्।

ओली र लेखक हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएपछि गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भएपनि १० बित्दासमेत कुनै औचित्य पुष्टि हुन नसकेको बताए।

उनले भनेका छन्, ‘कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्‍यो यसले धेरै प्रश्न उठाएको छ।’

उनले ओली र लेखकलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको दोहोर्‍याएका छन्।

ranechhap