वि.सं.२०८३ वैशाख ८ मंगलवार

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका पदाधिकारीको कार्यकाल सकियो,नयाँ नियुक्ति के होला ?

khanepani

काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमका पदाधिकारीहरूको कार्यकाल सकिएको छ । अध्यक्ष किरण पौडेल सहित सदस्यहरू कमला ओली शिवाकोटी र सुस्मिता ढकालको पदावधि सकिएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका पदाधिकारीले विभिन्न मुद्दा मामिला पनि खेपेका थिए ।

कार्यकाल सकिएका पदाधिकारीलाई समितिका सदस्य सचिव गणेश पौडेलसहित कर्मचारीहरूले एक कार्यक्रमका बीच विदाई गरेका छन् ।

५ जना सदस्य हुने चुरेमा समितिमा यसअघि भेषराज आचार्य र शशिकुमार साहको योग्यता नपुगेको भन्दै उच्च अदालत पाटनले पदमुक्त गरेको थियो ।

वन तथा वातावरण क्षेत्रको यो संस्थाका पदाधिकारीहरूको कार्यकाल ५ वर्ष हुन्छ । राज्यमन्त्री वा सो सरहको सेवा सुविधा प्राप्त गर्छन् चुरेका पदाधिकारीहरूले ।

नयाँ सरकारले यो समितिको पुनःमुल्यांकन गर्छ कि पहिलेकै जसरी राजनीतिक नियुक्ति गर्छ भन्ने प्रश्न उठेको छ ।

ranechhap