काठमाडौं । केयूकेएलका कर्मचारीहरुलाई जति भ्रष्टाचार गरेपनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रातो कारर्पेट विछ्याएर स्वागत गर्ने कुराको पुष्टि भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकारीहरु उजुरी परेका कर्मचारीहरुसँग अपवित्र गठबन्धन गरेर नाजायन फाइदा लिन्छन भन्ने कुरा पनि केयूकेएलका उजरी फ्स्यौट गर्ने तरिकाले त्यस आरोपको समेत पुष्टि गरेको छ । उजुरी नपर्ने ठाँउमा दोवाटो ढुकेर स्यालले कुखुरा च्यापे जसरी च्याप्प समातेर काम देखाउने अख्तियारका अनुसन्धान अधिकारीहरुको सम्पतिको अनुसन्धान गर्ने बेला आएको कर्मचारीका नेताहरुको तर्क रहेको छ ।
अख्तियारमा बसेर अकुत कमाउने आयुक्त समेतको अदालतमा मुद्धा नभएको होइन । उजुरी कर्ता फेला नपरेको कारण देखाउर्दै अख्तियारमा परेको मुद्धालाई त्यहिका हाकिमले मुद्धाको किनारा लगाउने हो भने, उजुरीको के अर्थ रहन्छ प्रमुख आयुक्त ज्यू भनेर उजुरी कर्ताहरु प्रश्न गर्दछन ?
उजुरी कर्ता र पत्रकारले भ्रष्टाचार भएको देखाउने हो । त्यसको अनुसन्धान गर्ने अख्तियार वा अधिकार प्राप्त निकाय र त्यसका अधिकारीले हो । तर, उजुरी कर्तालाई निरुत्साहीत बनाउने पत्रकारले लेखेका समाचारलाई मित्थ्या बनाउने अधिकार अख्तियारलाई छ कि छैन ? यसको जवाफ कस्ने दिने ? यदि कर्मचारीहरुको अभाव हा,े भने नयाँ कर्मचारी भर्ना गर्नु परा,े होइन भने अख्तियार उजुरी लिने निकाय होइन भन्नु परो । यसरी जनतालाई झुक्याउने काम बन्द गर्दा कसो होला ? अख्तियार प्रमुख ज्यू भनेर पनि प्रश्न गरेका छन उजुरी कर्ताहरुले ?
हजारीया घुष खोरीलाई महिनौ खोरमा कोचेर अनेक यातना दिने यहि अख्तियारका पदाधिकारी र अधिकारीहरुले केयूकेएलका सुपरभाइजर विरुद्धका उजूरी किन त्यहिका हाकिमहरुबाट फ्स्यौट गरियो ? यसले आम मानिसमा एउटा प्रश्न खडा गरेको छ ।
यसले अख्तियारका सरदारहरुलाई केयूकेएलका भ्रष्टाचारीहरुले राम्रै खातिर दाखिल गर्ने गरेका कुरा प्रमाणीत भएको छ । यस विषयमा निंसकलंक नाम कमाउन सक्षम पूर्वसचिव तथा अख्तियारका प्रमुख आयुक्तको नाककै मुनि हुने भ्रष्टाचारको जिम्मेदार को ?
केयूकेएल महाराजगञ्ज शाखाका केहि सिनियर प्लम्बर अर्थात सुपरभाइजरहरुको विरुद्ध खानेपानी उपभोक्ताहरुले उजुरी दिएका थिए । त्यसको छानविन गरि कारवाहि गर्न अख्तियारले केयूकेएललाई नै निर्र्देशन दिएको थियो ।
सिनियर प्लम्बर अर्थात सूपरभाइजर विमल तिमल्सीना विरुद्ध उनले सेवाग्रहिसँग पैसा मागेर हैरान पारेको उजुरी अख्तियारमा परेका थियो। उनी लगायत चार पाच जनालाई उजुरी परेका हो ।
सो उजुरीको कारवाहि अख्तियारले अनुसन्धान गरेर कारवाहि गर्ला भने उजुरी कर्ताको चहना थियो तर, त्यसो भएन । अख्तियारले आफ्नो जिम्मेवारी केयूकेएलका भ्रष्टहरुकै जिम्मा लगाएपछि उजुरी कर्ताहरु निरास भएका छन ।
केयूकेएलका सिइओले अख्तियारबाट आएको पत्र केहि महिना आफ्नो दराजमा राखेर सेवाग्राहिलाई दुःख दिनेलाई अफिसमा बोलाएर कुरा मिलाएपछि त्यो पत्र सम्बन्धीत शाखामा पठाएका थिए । शाखाले उजुरी कर्ताहरुलाई महिनौ खोज्यो । उजरी कर्ता नभेटीएको भन्दै ग्राहकहरुसँग पैसा असुल गर्नेहरुलाई उन्मुक्ती दिएको छ ।
के, उजुरी कर्ताले अब आफ्नो उजुरीको पुष्टि अनुसन्धान अधिकारीसम्क्ष गर्नु पर्ने,े नियम आएको हो, अख्तियार प्रमुख ज्यु ? हैन भने यी भ्रष्टाचारीहरुलाई किन कारवाहि नगरिकन आलटाल गरेर उजुरी कर्ता खोजियो ?
अहिले यी रात दुई गुना र दिन चौ गुनाको हिसावले पैसा असुली गरिरहेका छन । यीनीहरुको मनोवल धेरै उच्च भएको छ । अब यी असनका साँढे जस्तै देखिन्छन । उनीहरु त एउटा ठुलो युद्ध नै जितेजस्तै छाडा भएका छन । यी भ्रष्टहरुलाई अब कसले कावुमा ल्याउने अन्यौल र्सिजना भएको छ ।
उनी अख्तियारमा उजुरी नपर्दा सयका हिसावले सेवाग्राहिसँग अबैध असुली धन्दा चलाउथे भने अहिले हजारका दरमा यो धन्दा चालाएको उनी निकटहरुको भनाई रहेको छ ।








































