वि.सं.२०८३ वैशाख ५ शनिवार

आइपिएलमा आज दिल्ली र गुजरात भिड्दै

khanepani

काठमाडौं । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले आफ्ना शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । दिल्लीले मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो ।

त्यसैगरी गुजरात टाइटन्सले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ । गुजरातले पहिलो खेलमा राजस्थान रोयल्स र दोस्रो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो ।

सम्भावित प्लेइङ ११

दिल्ली क्यापिटल्स: अक्षर पटेल (कप्तान), केएल राहुल (विकेटकिपर), पथुम निसान्का, नितिश राणा, समीर रिजवी, डेभिड मिलर, ट्रिस्टान स्टब्स, विप्रज निगम, कुलदीप यादव, लुंगी एनगिडी, टी नटराजन र मुकेश कुमार ।

गुजरात टाइटन्स: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वाशिंगटन सुन्दर, ग्लेन फिलिप्स, राहुल तेवातिया, रशिद खान, कागिसो रबाडा/जेसन होल्डर, प्रसिद्ध कृष्ण. मोहम्मद सिराज, अशोक शर्मा ।

ranechhap