वि.सं.२०८३ वैशाख ६ आइतवार

पदभारपछि उपाध्यक्ष भण्डारीले भनिन्, ‘जिम्मेवारीपूर्वक काम गर्छु’

khanepani

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीले सभालाई सहज तरिकाले सञ्चालन गर्न विशेष योगदान रहने बताएकी छन्।

शपथलगत्तै सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहण गरेपछि अनुशासितपूर्वक जिम्मेवारी पूरा गर्ने बताइन्।

उनले भनिन्, ‘अध्यक्षको सहयोगी र सभाको गरिमालाई मध्यनजर गरेर अनुशासितपूर्वक सभालाई अगाडि बढाउँछौँ। सभालाई सहजीकरण तरिकाले सञ्चालन गर्न विशेष योगदान रहन्छ।’

उनले फरक प्रसङ्गमा बोल्दै सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या भइरहेको भन्दै असन्तुष्टि जनाइन्।

उनले भनिन्, ‘मान्छेलाई गला रेट्नु मात्रै अपराध होइन, समाजमा बाँच्नै नसक्ने गरी नेगेटिभ तरिकाले प्रचार भइरहेको छ। मुखै देखाउन लायक नहुने तरिकाले चरित्र हत्या भइरहेको छ। महिलाको जीवन सिद्ध्याउनु छ भने उसको चरित्रको प्रश्न गरिदिएपछि समाजमा अनुहार देखाउन नालायक हुन्छ भन्ने प्रकारले समाजमै महिलाको चरित्रलाई एकदमै नङ्ग्याउने तरिकाले आपराधिक खालका बुलिङहरू भइराखेका छन्।’

महिलामाथि भइरहेको साइबर हमलाप्रति सरकारको ध्यानाकर्षण गराइन्।

उनले थपिन्, ‘आपराधिक तरिकाले ब्लेम गर्ने यो घटनाले विकराल रूप लिदैँछ, यसलाई अन्त्य गर्नुपर्छ, कानुन नै बनाउनुपर्छ। त्यसको लागि साइबर ब्युरोले पनि केही सोचेको होला,सरकार, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबैले यो विषयमा गम्भीर भएर सोच्न जरुरी छ।’

ranechhap