वि.सं.२०८३ वैशाख ६ आइतवार

महोत्तरीमा २ मोटरसाइकल ठोक्किएर आगो लाग्दा जलेर २ जनाको मृत्यु

khanepani

जनकपुर । महोत्तरीकाे जलेश्वर-बर्दिबास सडक खण्ड अन्तर्गत बखरीदेखि बलवा जाने बाटोमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनापछि आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ।

अहिले घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मी पुगेका छन्। मृतकको पहिचान र घाइतेको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

ranechhap