वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सनराइज बैंकमाथि सामाजिक सुरक्षा कोषको कारवाही

khanepani

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध हुन अटेर गर्ने सनराइज बैंकमाथि कारवाही गरेको छ । पटक-पटक कोषमा आवद्ध हुन आग्रह गर्दा पनि बैंक तथा वित्तिय संस्था कोषमा आवद्ध नभइरहेका बेला सनराइज बैंकमाथि पहिलो कारवाही भएको हो ।

सनराइज बैंकमा कार्यरत सनाज खतिवडाको मृत्युपछि उनले मासिक लिँदै आएको ४२ हजार पारिश्रमिक दावीसहित परिवारले वैशाख २० मा आवेदन गरेका थिए । मृतक खतिवडाका बुवा ध्रुबकुमार खतिवडा र आमा गीता बैंकमा कार्यरत रहँदै छोरीको मृत्यु भएको आश्रित परिवार सुविधा योजना पाउनुपर्ने उनीहरूको माग थियो ।

दावी अनुसार जम्मा हुने आउने ४३ लाख ३४ हजार २ सय रूपैयाँ ३ महिनामा उपलब्ध गराउन र गराएको जानकारी कोषलाई गराउन निर्देशन दिइएको कोषका सह-प्रवक्ता रोहित रेग्मीले बताए । उनका अनुसार मृतकका बुवाको जन्म २०१६ बैशाख ३१ र आमाको २०२५ जेठ ५ गते भएकाले त्यसलाई आधार मानेर नेपालको औसत आयु ७१ वर्षका आधारमा मृतक सनाज खतिवडाको आधारभूत तलब ४२ हजारको ६० प्रतिशतले एकमुष्ट हुन आउने ४३ लाख ९ हजार २ सय र अन्तिम संस्कार खर्च वापत २५ हजार गरी जम्मा ४३ लाख ३४ हजार २ सय रूपैयाँ उपलब्ध गराउनुपर्नेछ ।

ranechhap