काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै आदेश आउने सम्भावना छ ।
हिजोबाट सुनुवाइ शुरू भएकोमा आज सरकार पक्षले बहस गरेको थियो । त्यसपछि रिट निवेदक पक्षबाट जवाफी बहस भएको छ ।
ओली र लेखक दुवैजना चैत १४ गते पक्राउ परेका थिए ।









































