वि.सं.२०८३ वैशाख ७ सोमवार

अमेरिकी सैन्य विमानलाई दिइएको अनुमति पुनर्विचार गर्न जापानका वरिष्ठ कम्युनिस्ट नेताको आग्रह

khanepani

काठमाडौं । जापानका अनुभवी राजनीतिज्ञ तथा जापानी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता काजुओ शिइले अमेरिकासँगको सैन्य सम्बन्ध, विशेषगरी अमेरिकी सैन्य विमानलाई दिइँदै आएको एयर स्पेस अनुमति पुनर्विचार गर्न टोकियोलाई आग्रह गरेका छन् ।

शिइले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अष्ट्रियाले इरान युद्धमा संलग्न अमेरिकी युद्धक विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिने निर्णयप्रति प्रतिक्रिया जनाउँदै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

वरिष्ठ कम्युनिस्ट नेता शिइले जापानले अमेरिकी सैन्य विमानलाई ‘अत्यधिक स्वतन्त्रता’ दिएको भन्दै आलोचना गरेका छन्।

“अमेरिकी सैन्य विमानले घरेलु कानुनलाई समेत बेवास्ता गर्दै अत्यन्त न्यून उचाइमा उडान भर्ने अवस्था स्वीकार्य छैन,” उनले भनेका छन् ।

सानो शक्ति, ठूलो सन्देश

जापानी कम्युनिस्ट पार्टी देशको सबै भन्दा पुरानो सक्रिय पार्टी भए पनि हाल प्रतिनिधिसभामा केवल चार सिटमा सीमित छ । यद्यपि, देशकै वरिष्ठतम नेता शिइको अभिव्यक्तिलाई जापानभित्र अमेरिकी सैन्य उपस्थितिबारे बढ्दो बहसको संकेतका रूपमा हेरिएको छ ।

दोस्रो विश्वयुद्धपछि भएको रक्षा सम्झौता अनुसार जापानमा करिब ५० हजार अमेरिकी सैनिक तैनाथ छन्। जापानलाई अमेरिकाको एशियाली क्षेत्रमा प्रमुख सहयोगी मानिन्छ।

ranechhap