वि.सं.२०८३ वैशाख ६ आइतवार

नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु

khanepani

ललितपुर । नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु भएको छ ।

महिला उद्यमशीलता प्रवद्र्धनको उदेश्यका साथ महिला उद्यमी महासङ्घ नेपालद्वारा आयोजना सुरु मेला तीन दिनसम्म चल्ने छ ।

मेलाको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरे। सो क्रममा उपराष्ट्रपति यादवले महिला उद्यमशीलताको माध्यमबाट रोजगारीको सिर्जनाका साथै व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रिय अर्थतन्त्रको सुधार गर्न सहयोग पुग्ने बताए । महिला उद्यमशीलताको प्रवद्र्धनका लागि सम्बन्धित सवै सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

महासंघका अध्यक्ष दर्शना श्रेष्ठले मेलामा सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शनको व्यवस्था गरिएको बताए। प्रदर्शनीमा हस्तकला, ढाका, गलैँचा, हातेकागज, जैविक खाद्यपदार्थ, जडीबुटी, कृषिजन्य उत्पादन, गरगहना तथा सेवा क्षेत्रसँग सम्बन्धित सामग्री राखिएको छ । मेलामा करिब रु दुई करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

ranechhap