काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले नेपालको संविधान, कानुन र नेपाली जनताको हित अनुसार काम गर्ने बताएका छन् ।
सभामुखमा मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपसभामुख अर्यालले सभामुखको जिम्मेवारीमा पुगेपछि नेपालको संविधान, कानुन र नेपाली जनताको हित अनुसार काम गर्ने बताएका हुन् ।
उनले केहीबेर अघि सभामुखमा मनोनयन दर्ता गराएका थिए । अन्य दलबाट उम्मेदवारी नआएकाले र बहुमत प्राप्त पार्टी भएको हिसाबले उनी र्निविरोध हुने निश्चित छ ।
उनले राष्ट्र र राष्ट्रियताको हितलाई केन्द्रमा राख्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सन्तुलनमा व्यवस्थापिकाले गर्नुपर्ने भूमिका न्यायसम्मत रूपमा निर्वाह गर्ने प्रतिबद्धता गरे ।
उनले भने,‘हामीसँग संविधान छ काुनन छ र सभामुखको काम कर्तव्य अधिकार मैले संविधानत कानुन छ । मैले जुन जिम्मेवारी पाउँदैछु, त्यो निर्णय अझै प्रक्रियामै रहेकाले अन्तिम टुंगो लागेको छैन। प्रक्रिया पूरा भएर उक्त जिम्मेवारीमा पुगेपछि नेपालको संविधान, कानुन र नेपाली जनताको हित अनुसार काम गर्नेछु। राष्ट्र र राष्ट्रियताको हितलाई केन्द्रमा राख्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सन्तुलनमा व्यवस्थापिकाले गर्नुपर्ने भूमिका न्यायसम्मत रूपमा निर्वाह गर्ने मेरो प्रतिबद्धता रहनेछ।’









































