वि.सं.२०८३ वैशाख ६ आइतवार

परिवर्तनको आभास गराउन प्रधानमन्त्री र मन्त्रीले १६ घण्टासम्म काम गर्नुहुन्छ : सांसद सिंह

khanepani

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टी र सरकार दुवै जनताको चाहना अनुसार अगाडि बढ्ने बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘परिवर्तनको लागि जनताले हामीलाई जिम्मा दिएको छ। हामी जनताको जनजीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टी परिवर्तनको आभास गराउँछ।’

उनले सरकारको काम तीन महिना सूक्ष्म तरिकाले गर्न आग्रह गरे। उनले थपे, ‘जनताले आफैँ भन्छ कि हामी कुनै किसिमको बिचौलिया यो देशमा स्वीकार गर्दैनौँ। कुनै किसिमको भ्रष्टाचार, कुशासन स्वीकार गर्दैनौँ। हाम्रो पार्टी र हाम्रो सरकार त्यसमा एकदम प्रतिबद्ध छ।’

उनले प्रधानमन्त्री र मन्त्रीहरूले दिनरात खटेर काम गरिरहेको भन्दै आराम गर्ने छुट नभएको बताए। आवश्यक परे मन्त्रीहरूले दैनिक १६ घण्टा काम गर्ने बताए।

ranechhap