वि.सं.२०८३ वैशाख ७ सोमवार

जेन-जी घाइते भेट्न केएमसी पुगे गृहमन्त्री, नि:शुल्क सेवाप्रति सुनिल शर्मालाई दिए धन्यवाद

khanepani

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ उपचाररत् जेन-जी आन्दोलनका घाइते भेट्न केएमसी अस्पताल पुगेका छन् । पूर्वसांसद एवं कांग्रेस नेतासमेत रहेका अस्पतालका सञ्चालक डा.सुनिल शर्माले घाइतेहरूलाई निशुल्क उपचार सेवा दिँदै आएको बताएका थिए । गुरुङले धन्यवादसहित शर्मालाई अंकमाल गरे ।

गयराति त्रिभुवन विमानस्थलको निरीक्षणपश्चात सुधन केएमसी पुगेका थिए । अधिकांश घाइते डिस्चार्ज भएको र केहीको अझै होस नआएको कारण अस्पतालमै राखेर निशुल्क उपचार गरिरहेको डा. शर्माले बताए ।

शर्माले भने, ‘तपाईँ आउनु भयो बिरामीको अवस्था पनि बुझिरहनुभएको छ । उहाँलाई मैले सबै नि:शुल्क उपचार गरिरहेको छु । उहाँमात्रै हैन यहा घाइते सबैको उपचार नि:शुल्क गर्ने व्यवस्था मिलाएको थिएँ ।’

गृहमन्त्री गुरुङले शर्मालाई भने, ‘तपाईँले घाइतेहरूलाई मलहमसँगै परिवारको आँसु पुछिदिनुभएको छ । यो सेवामा कमी नहोस, तपाईँप्रति सधैँ सम्मान छ ।’

ranechhap