वि.सं.२०८३ वैशाख ३ बिहीवार

विराटनगरमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

khanepani

विराटनगर । विराटनगरको कोशी अस्पताल, (कोभिड १९) उपचार केन्द्रमा उपचाररत थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्‍यु हुनेमा दुई महिला र ६ जना पुरुषको रहेका छन् ।

कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेसम्‍म ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृतक मध्ये ४ जना विराटनगरका छन् भने ६ जना बाहिरका छन् ।

कोशी अस्पताल, (कोभिड १९) उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका ९ का ५५ वर्षीय पुरुषको बुधबार दिउँसो १२ बजे, विराटनगर महानगरपालिका १० का ७० वर्षीय वृद्धको बुधबार दिउँसो साढे १२ बजे,विराटनगर महानगरपालिका ९ का ८६ वर्षीय वृद्धको बुधबार दिउँसो साढे १२ बजे र विराटनगर महानगर ८ का ७६ वर्षीय वृद्धको बिहीबार बिहान ६ बजे मृत्‍यु भएको छ ।

यस्तै बिहीबार बिहान करिब २:३० बजे इनरुवा नगरपालिका ३ सुनसरीका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

सिरहा घर भएकी ५० वर्षीय महिलाको बिहीबार बिहान सवा १ बजे, इटहरी ७ सुनसरीका ३० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै नोबेल मेडिकल कलेजमा एकजना कोरोना सङ्क्रमितको बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि उनलाई बैशाख २९ गते नोबेलमा भर्ना गरिएको थियो ।

ranechhap