वि.सं.२०८३ जेठ ११ सोमवार

इजरायल–अमेरिका र इरान युद्धमा हालसम्म कहाँ, कतिले ज्यान गुमाए ?

khanepani

एजेन्सी । २८ फेब्रुअरीदेखि अमेरिका–इजरायल र इरानबीच सुरु भएको युद्धपछि मृत्यु संख्या निरन्तर बढ्दै गएको छ।

हालसम्म साढे चार हजारभन्दा बढी मानिसको ज्यान गएको बताइएको छ, जसमा सबैभन्दा धेरै मृत्यु इरानमा भएको छ।

कहाँ कति मृत्यु ?

इरानः

अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरानका अनुसार युद्ध सुरु भएयता इरानमा ३,४९२ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये १,५७४ जना सर्वसाधारण नागरिक छन् भने कम्तीमा २३६ बालबालिकाको पनि ज्यान गएको छ।

इजरायलः

इजरायलको एम्बुलेन्स सेवा मेगन डेविड एडोम (एमडीए)का अनुसार मिसाइल आक्रमणमा १९ जनाको मृत्यु भएको छ। साथै इजरायली सेनाका अनुसार लेबनानमा नौ इजरायली सैनिक मारिएका छन्।

लेबनानः

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार २८ फेब्रुअरीयता त्यहाँ १,२४७ जनाको मृत्यु भएको छ, जसमा १२४ बालबालिका रहेका छन्।

खाडी क्षेत्रः

खाडी देशहरूमा हालसम्म कम्तीमा २४ जनाको मृत्यु भएको छ, जसमा अधिकांश सुरक्षा बलका सदस्य वा विदेशी कामदार रहेका छन्।

संयुक्त अरब इमिरेट्सः ११ मृत्यु

कुवैतः ७ मृत्यु

ओमानः २ मृत्यु

सऊदी अरबः २ मृत्यु

बहराइनः २ मृत्यु

युद्ध जारी रहेकाले मृत्यु संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

ranechhap