वि.सं.२०८३ जेठ ११ सोमवार

समानुपातिक सांसद सिफारिसमा विशेष महाधिवेशनवालाले झेल गरे : पूर्णबहादुर खड्का

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशनबाट आएको नेतृत्वले प्रतिनिधि सभामा समानुपातिक सांसद सिफारिसमा झेल गरेको बताएका छन् ।

शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको काठमाडौँको महाराजगञ्जमा बसिरहेको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा खड्काले पिछडिएको क्षेत्रमा १ नम्बरमा रहेको नाम हटाएर ७ नम्बरमा रहेकालाई राखिएको ब्रिफिङ गरेका एक केन्द्रीय सदस्यले जानकारी दिएका हुन् ।

‘विशेष महाधिवेशन वाला नेतृत्वले समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरमा रहेकी विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटाको ७ नम्बरमा रहेका कालिबहादुर सहकारीलाई सांसद बनाइएको छ,’ खड्काको बैठकमा ब्रिफिङबारे बैठकका सहभागीले भने, ‘त्यो विरुद्ध तिमिल्सिनाजी सर्वोच्च अदालत जानु भएको छ । त्यो रिट दर्ता भएको छ ।’

त्यस्तै दलित कोटाका मानबहादुर नेपालीले पनि पक्षपात भएको भन्दै सर्वोच्च अदालत गएको खड्काले बताएका ती सदस्यले बताए ।

ranechhap