काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले निर्वाचन आयोगले बद्नियतपूर्ण ढङ्गले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको आरोप लगाएका छन्।
पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा डोकेको शेरबहादुर देउवा पक्षका नेताहरूको बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीमा सिद्धान्त महत्त्वपूर्ण हुने बताए।
उनले भने, ‘कुनै व्यक्तिको कुरा होइन। अहिले शेरबहादुर हुनुहुन्छ, भोलि अर्को बहादुर आउनु त्यो महत्त्वपूर्ण कुरा होइन, पार्टीको सिद्धान्त महत्त्वपूर्ण कुरा हो। अर्धन्यायिक निकायले निर्वाचन आयोगले बद्नियतपूर्ण तरिकाले निर्णय गर्यो। त्यो निर्णयमाथि हामी चित्त बुझेन अदालत गयौँ।’
उनले अदालतमा मुद्दा भएपनि केही नेताहरू चुनाव लडेको र आफूले पनि भोट मागेको बताए।
उनले थपे, ‘विशेष अधिवेशन गलत थियो, नाम मात्रैको थियो । गलत नियतका साथ राखिएको थियो । त्यो र निर्वाचन आयोगले पनि बदनियतका साथ निर्णय गरेको थियो । सर्वोच्च अदालत, फेरि नबिर्सनुस् सर्वोच्च अदालतले गरेको सबै निर्णय हामीलाई स्वीकार्य र शिरोधार्य छन् । सर्वोच्च अदालतको निर्णय पर्खौँ । ’
उनले अब १५ औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताए।









































