वि.सं.२०८३ वैशाख २१ सोमवार

छुट्टै भेला कांग्रेसले पहिलादेखि नै गरिरहेको अभ्यास हो : डा.शेखर कोइराला

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीमा छुट्टै भेला गर्ने परम्परा पहिलादेखि नै चल्दै आइरहेको बताएका छन् ।
सोमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र आफ्नो अगुवाइमा गरिएको नवनिर्वाचित सांसदहरूलाई सम्मान गर्न राखेको कार्यक्रममा बोल्दै नेता डा.कोइरालाले यस्ता भेटघाट स्वाभाविक रहेका बताए ।

‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै कुरा हो, अहिले पनि गरिराखेका हुन्छौँ,’डा.कोइरालाले भने, ‘तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ ।’

संसदमा लैजाने विषयवस्तुका बारेमा संसद बाहिर रहेका नेताहरूसँग सुझाव लिइराख्न नवनिर्वाचित सांसदहरूलाई उनले आग्रह गरे ।

ranechhap