03, May, 2024

सप्तरीमा निषेधाज्ञा कडा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द

Bagmati Voice
संवाददाता
६ जेष्ठ २०७८, बिहीबार १०:४८ | २ साल अगाडी

जनकपुरधाम । कोरोना संक्रमण भयावह बनेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि सप्तरीमा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गराएको छ ।

बुधवार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेर बैंक तथा वित्तीय संस्थाहरु एक साताका लागि बन्द गर्न निर्देशन दिएका थिए ।

सप्तरीमा वैशाख २३ गतेबाट निषेधाज्ञा जारी छ । संक्रमण दर बढेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गराउनु परेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

यस्तै जिल्लाका प्रत्येक कार्यालयलाई आ(आफ्नो निकायगत जिम्मेबारी बाहेक (कोभिड १९) को महामारी रोकथाम र नियन्त्रणमा के कस्तो भूमिका खेल्न सकिन्छ भन्ने कुराको तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयको इमेलमा पठाउन पनि निर्देशन दिएको छ ।

यस्तै प्रत्येक कार्यालयले आफूसँग भएको सवारी साधन र चालक (कोभिड १९) महामारी रोकथाम र नियन्त्रणमा प्रयोग हुनसक्ने गरी तयारी हालतमा राख्न पनि निर्देशन दिएको छ ।

प्रदेश २ का अन्य सात जिल्लामा पनि प्रशासनले निषेधाज्ञा लगाएको छ । तर बैंक तथा वित्तीय संस्थाहरु भने बन्द गरिएको छैन । समिति अवधिका लागि बैंक तथा वित्तिय संस्थाहरु सञ्चालन गर्न दिएको छ ।

६ जेष्ठ २०७८, बिहीबार १०:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading