वि.सं.२०८३ वैशाख २१ सोमवार

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने तालिका

khanepani

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार हिजोको बैठकमा २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।

बैठकमा १५औँ नियमित महाधिवेशन तयारी, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

हिजोको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ २४, २५ र २६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् ।

केन्द्रीय सदस्यहरुले बोल्नेक्रम नसकिएकाले बैठक बुधबार बिहान ११ बजे फेरि बस्नेगरी स्थगित भएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

ranechhap