काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)मा सिइओ अशोककुमार पौडेलसमक्ष उनकै विरुद्धको ज्ञापन पत्र बुझाउने गरि केयुकेएलको उच्च व्यवस्थापक र शाखाप्रमुखहरुको संयुक्त बैठकले निर्णय गरेको छ ।
केटाकेटि आए गुलेली खेलाए एउटा पनि मट्याङरा नमारि गए भने जस्तो बैठकको निर्णय भएको छ । करिव ६ महिनादेखि गोजि खालि भएर घर झगडा हुन थालेपछि श्रीमतिलाई देखाउन केयूकेएलका उच्च व्यवस्थापकहरुको बैठक बसेको आरोप समेत लागेको छ । अब हामि भ्रष्टाचार गरे घुष खान नदिने सिइओलाई सबै मिलेर हटाउछौ अनि सब ठिक हुन्छ भन्ने कथन समेत आरोपितहरुले लगाउन थालेका छन ।
करिव ५० लाख घाटा लागेको झोकमा केयुकेएलका अर्थ तथा प्रशासन प्रमुख प्रकाशकुमार राईको नेतृत्वमा उच्च व्यवस्थापक र शाखा प्रमुखहरुको बैठक बसेर सिइओ पौडेललाई भ्रष्टाचार गरेर घुष खान पाउनु पर्ने मागसहितको मागपत्र बुझाउने निर्णय भएको सहभागीहरुले बताएका छन ।
ढल महाशाखा प्रमुख उज्जवल कुमार श्रेष्ठ, मेकालिनकल शाखा प्रमुख कृष्णहरी बुढाथोकि, सुन्दरीजल शाखा प्रमुख होम बुढाथोकि र ल्याव शाखा प्रमुख शैलाजा पौडेल बाहेक अन्य विभागीय प्रमुख, महाशाखा प्रमुख र शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।
सञ्चाल महाशाखा प्रमुख मिलन थापाले उनीहरुलाई जानाजान छुटाएका हुन वा सिइओ पक्षमा बोल्छन भनेर छुटाएका हुन वा उनीहरुलाई विर्सेका हुन त्यो भने थाहा हुन सकेन ? यस सम्बन्धमा बुझ्न फोन गर्दा थापाले फोन उठाएनन ।
सहभागीहरु मध्ये सिइओ पौडेलका विश्वास पात्र गजडी विक्रम आर्चायले ज्ञापन पत्र सिइओलाई दिने हैन, ज्ञापन पत्र संचालक समितिलाई दिन जिकिर गरेका थिए । उनले सिइओलाई नहटाए दवावमुलक गतिविधि गरेर सिइओलाई असहयोग गर्नु पर्ने सुझाव समेत दिएका छन भने महाँकालचौरका प्रमुख प्रकाश थापाले सिइओ बेकुव छ । यसलाई हटाउन संचालक समितिलाई दवाव दिनु पर्ने राय दिएको बुझिएको छ । अन्य शाखाका सहभागीहरुले मधधारबाट आफ्ना विचारहरु राखेका थिए ।
कार्यालयमा १० बजे हाजिर गरेर विक्रम आचार्यसँग गाजा तान्न केन्दीय कार्यालयमा दैनिक धाउने थापा बेलुका ५ बजे हाजिर गर्न कार्यालय जाने गरेका छन । उनीले प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा परेका उजुरीहरुको फफारक समेत गरेका छैनन । उनले ग्राहकहरुलाई र कार्यालयमा महिला कर्मचारीहरुलाई समेत अपमानीत व्यवहार गरेको उजुरी मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा समेत परेको समाचार स्रोतको दावी छ ।
प्रकाशकुमार राईको संयोजकत्वमा बसेको बैठकमा उमेशकुमार मरठ्ठा, रमेश केसी, मनिस ढंगाना, इला शर्मा, योगेन्द्र बम, दिपेन्द्र वली र चेतबहादर बजगाई लगाएतका विभागीय र महाशाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।
युनियनहरुले सिइओ हटाउन सहयोग नगर्ने देखिएपछि सिइओलाई दवाव दिएर आर्थिक आर्जनको ढोका खोल्न व्यवस्थापकहरु नै लाग्नु लज्जाको विषय भएको छ । सधै काठमाडौं महानगरपालिकाको मेयर बालेन साहको तारो बन्दै आएको केयुकेएल अब बालेन प्रधानमन्त्री बनेपछि के होला भन्ने त्रासमा समेत देखिएको छ ।
आफ्नो हितका लागि जस्तो सुकै कुकर्म गर्न समेत पछि नपर्ने राई जस्ता मतिभ्रष्टहरुले इमानदार कर्मचारीहरुलाई समेत बलिको बोको बनाउने संकेत देखिएको छ । राईलाई दारु नखुवाउने कर्मचारी सधै राईको आँखाको तारो हुने गरेको दृष्टान्त समेत केयुकेएलमा देखिदै आएको छ ।
राई र विक्रमको जिम्मेवारी नखोस्ने हो भने एक दिन सिइओ पौडेलले हतकडी नलगाउनु पर्ला भन्न सकिदैन । @nepalijanta.com









































