वि.सं.२०८३ वैशाख २१ सोमवार

भारतीयहरू भ्याक्सिन टुरिस्ट बनेर रूस जान थाले

khanepani

एजन्सी । अहिले संसारभरिका मुलुकलाई कोरोनाभाइरसविरूद्धको भ्याक्सिन चाहिएको छ। कोरोनाको दोस्रो लहरले आक्रान्तले बनेको भारतमा त झन् खोपको माग धेरै छ। खोप लगाउन चाहने सबैले खोप पाएका छैनन्। केही भारतीय भने खोप लगाउनकै लागि पर्यटक बनेर रूस पुग्न थालेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार स्पुतनिक भी खोप लगाउन पाइने भएपछि ट्राभल एजेन्सीले प्याकेज नै घोषणा गरेर भारतीयलाई रूस पुर्‍याउने गरेका छन्।

नयाँदिल्लीस्थित एक ट्राभल एजेन्सीले १ लाख ३० हजार भारूमा २४ दिन रूस भ्रमणको प्याकेज ल्याएको छ। त्यसमा रूसी भ्याक्सिनको दुई डोज लगाउने र बाँकी दिनमा केही ठाउँको अवलोकन गर्ने कार्यक्रम छ।

एजेन्सीले उक्त प्याकेजअन्तर्गत मे १५ मा ३० जनाको टोली रूस गइसकेको जनाएको छ। अधिकांश डाक्टरहरू रहेको उक्त टोलीमा गएकाहरूले खोपको पहिलो डोज पनि लगाइसकेका छन्।

पहिलो र दोस्रो डोजबीच २१ दिनको अन्तर हुनु पर्ने भएकाले उनीहरूलाई २४ दिनको प्याकेज दिइएको हो।

यसरी गएकाहरू तीन दिन सेन्टपिटर्सबर्गमा र बाँकी दिन मस्कोमा बस्नेछन्। अब अर्को टोली मे २९ मा रूस जाने ट्राभल एजेन्सीले जनाएको छ।

अहिले भारतीयहरूलाई प्रवेश अनुमति दिने विश्वका केही मुलुकमध्ये रूस पनि एक हो। रूस जान पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्छ। रूस पुगेर पनि क्वारेन्टिनमा बस्नु पर्दैन।

स्पुतनिक भीले यसअघि आफ्नो सामाजिक सञ्जालमार्फत् अप्रिल ३ रूस आउँदा खोप लगाउन पाउने कार्यक्रमबारे बताएको थियो। तर त्यसपछि यो विषयमा उसले केही अपडेट गरेको छैन।

ranechhap