14, May, 2024

सुनिल थापालाई सहमहामन्त्री दिएको छु- देउवा

Bagmati Voice
संवाददाता
१३ श्रावण २०७७, मंगलवार १४:५१ | ३ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसले राप्रपा छाडेर पार्टी प्रवेश गरेका सुनिल थापालाई सहमहामन्त्री बनाएको छ। सभापति शेरबहादुर देउवाले थापालाई सहमहामन्त्री पद दिएको बताएका हुन्।

‘धेरै साथीहरू हाम्रो पार्टी प्रवेश गर्नुभएको छ। अहिले हामीले के दिएका छौं र! सहमहामन्त्री पद दिएको छु,’ सभापति देउवाले भने, ‘भोलिका दिनमा उहाँहरूले काम गर्दै जानुहुनेछ।’

राप्रपाका पूर्वमहामन्त्री थापालाई सभापति देउवाले सदस्यता दिएर र वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर मंगलबार पार्टी प्रवेश गराएका हुन्।

देउवाले आफू प्रधानमन्त्री हुँदा थापा मन्त्री रहेको प्रसंग निकाल्दै काम गर्न सक्ने क्षमता थापामा रहेको बताए।

उक्त अवसरमा सभापति देउवाले अहिलेको सरकारको आलोचना गरेका थिए। सरकारले मिडिया, मानव अधिकारलगायतका क्षेत्रलाई ‘कन्ट्रोल’मा लिन खोजेको देउवाको दाबी थियो।

सरकारबाट लोकतन्त्रमाथि नै खतरा रहेकोले प्रजातन्त्रमा विश्वास गर्ने शक्ति एक हुनुपर्ने उनले बताए।

कांग्रेस प्रवेश गरेका थापाले २०१० सालदेखि कांग्रेससँग टुटेको नाता आजदेखि फर्किएकोमा खुसी व्यक्त गरेका थिए। उनका बुवा सूर्यबहादुर थापा २०१० सालमा कांग्रेस धनकुटा सभापति थिए

१३ श्रावण २०७७, मंगलवार १४:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading