वि.सं.२०८३ वैशाख ८ मंगलवार

अरनिको राजमार्ग अन्तर्गत धुलिखेलदेखि खावा खण्डमा राति सवारीसाधन चलाउन रोक

khanepani

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेलदेखि खावा खण्डमा राति सवारीसाधन चलाउन रोक लगाइएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले यस खण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले यही चैत २० गतेसम्म साँझ ६ देखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक लगाइएको जानकारी दिएको छ ।

डिभिजन कार्यालयले भनेको छ-

अरनिको राजमार्गको धुलिखेल देखि खावा खण्डमा मिति २०८२/१२/०७ गतेदेखि सडक कालोपत्रे गर्ने काम शुरु हुने सन्दर्भमा मिति २०८२/११/२९ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयानुसार मिति २०८२/१२/०७ गते देखि २०८२/१२/२० गतेसम्म उक्त सडक खण्ड भएर संचालन हुने सवारी साधनहरुको हकमा देहाय अनुसार हुने भएको हुँदा बैकल्पिक मार्ग प्रयोग गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । उक्त अवधिमा ठूला चारपाङ्ग्रे सवारी साधनहरु (बस समेत) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म संचालन नहुने साथै मिति २०८२/१२/०७ गतेदेखि २०८२/१२/२० गतेसम्म टिपर/ट्रकहरु (पास लिएका समेत) चौबिसै घण्टा संचालन नहुने ।

ranechhap