काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। आज शितलनिवास पुगेर नेता महरले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
भेटमा नेपालको सङ्कटग्रस्त राजनीतिक अवस्था पार लगाउन निर्वाचनका लागि विशेष अभिभावकीय भूमिका निर्वाह गरेकोप्रति आभार व्यक्त गरेको बताए।
उनले भेटबारे जानकारी गराउँदै फेसबुकमा लेखेका छन्, ‘नेपालको सङ्कटग्रस्त राजनीतिक अवस्था पार लगाउन निर्वाचन सम्मका लागि विशेष अभिभावकीय भूमिका निर्वाह गर्नुभएका सम्माननीय राष्ट्रपतिज्यूसँग आज शीतल निवासमा राष्ट्रिय राजनीतिका बारेमा विमर्श सहित भेटवार्ता भयो।’






































