एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान युद्धका लागि थप २ सय अर्ब डलर माग गरेको छ । अमेरिकी अखबार वाशिङ्टन पोष्टको एक रिपोर्टमा इरान युद्धका कारण २ अर्ब डलर थप बजेट आवश्यक रहेको भन्दै पेन्टागनले सो रकम निकासाको माग गरेको हो ।
यो रकम भनेको अहिलेसम्म इरान युद्धमा भएको अमेरिकाको खर्चभन्दा धेरै बढी हो । यो रकम हतियार उत्पादनका लागित तत्काल आवश्यक रहेको उल्लेख छ । यो रकम निकासाका लागि अमेरिकी संसदमा पेश हुनुपर्नेछ र त्यहाँ ठूलो राजनीतिक रस्साकस्सी हुने अनुमान छ ।
अमेरिकाका लागि उसै पनि इरान युद्ध महँगो र जटिल हुने मानिएको छ ।









































